वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७
स्वास्थ्य कार्यालय दाङ, लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालयको मातहतमा रही दाङ जिल्लामा जनस्वास्थ्य सेवाहरूको व्यवस्थापन, समन्वय, अनुगमन, प्राविधिक सहयोग र कार्यान्वयन गर्ने प्रमुख निकाय हो। प्रारम्भमा, यो संस्था विकेन्द्रीकरण ऐनको आधारमा वि.सं.२०२८मा "जिल्ला स्वास्थ्य कार्यालय (DHO)को रूपमा स्थापना गरिएको थियो।जिल्लाभित्रका विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थामार्फत जनस्वास्थ्य समस्याहरुको रोकथाम तथा उपचारात्मक स्वास्थ्य सेवाहरूको उचित व्यवस्थापन तथा सुनिश्चित गर्नमा महत्वपूर्ण भूमिका खेल्छ । दाङ जिल्लामा स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन, पहुँच र वितरण सुनिश्चित गर्दै नागरिकहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने मुख्य उद्देश्यका साथ कार्यालय कार्यरत छ। स्वास्थ्य कार्यालयलाई जिल्लाभित्र समन्वय, खोप तथा औषधिजन्य सामग्रीहरुको आपूर्ति तथा वितरण, निगरानी, नियन्त्रण र अनुगमन, क्षमता विकास र तालिम, प्राथमिक स्वास्थ्य सेवाको ब्यवस्थापन , स्वास्थ्य शिक्षा, तथा स्वास्थ्य अवस्थाको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। यस कार्यालयले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु तथा अन्य साझेदार संघसंस्थाहरु संगको समन्वयमा दाङ जिल्लाको मुख्य स्वास्थ्य आवश्यकता र प्राथमिकताहरूलाई सम्बोधन गर्नका लागि नजिकबाट काम गर्दछ।